काठमाडौं : हिमालय एयरलाइन्सले विभिन्न देशमा अलपत्र परेका नेपालीलाई उद्धार उडानको समयतालिका सार्वजनिक गरेको छ । कम्पनीले जुलाई १५ देखि २१ सम्मका लागि उद्धार उडान गर्नेगरी तालिका सार्वजनिक गरेको हो । कम्पनीले १५ तारिख अर्थात बुधबार मात्रै ३ उद्धार उडान गर्ने बताएको छ । उक्त दिन कम्पनीले युएईको अवुधावीमा उडान गर्ने जानकारी दिएको छ ।
यस्तै कम्पनीले साउदी अरेबियाको रियादमा १६ र २० तारिखमा उद्धार उडान गर्ने भएको हो । साथै पुनः दमाम र साउदी अरेबीयामा १६ र २० तारिखमा ३ ओटा उडान भर्ने भएको हो ।
यस्तै कम्पनीले दोहा, बहराईनको मनामा, मलेशियाको क्वालालम्पुरमा समेत उद्धार उडान गर्ने जानकारी दिएको छ । कम्पनीले उक्त स्थानहरुबाट उद्धार गर्नका लागि भाडादर पनि सार्वजनिक गरेको छ । कम्पनीले नेपाल सरकारको अनुमतिमा स्वास्थ्यसम्बन्धी विभिन्न उपायहरु अपनाएर मात्रै उद्धार उडान गर्ने बताएको हो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies