२०८१ फागुन २९ गते बिहिवार / Mar 13 , 2025 , Thursday
२०८१ फागुन २९ गते बिहिवार
Ads

कृषि क्षेत्र सुधारमा द कोका–कोला फाउण्डेसनको सहकार्य

hardik ivf
मध्यान्ह
२०८१ माघ २७ गते २२:०२
कृषि क्षेत्र सुधारमा द कोका–कोला फाउण्डेसनको सहकार्य

काठमाडौं : द कोका–कोला फाउण्डेसनको साथमा सहारा नेपाल र बराहा क्लाइमेटएजीले नेपालको कृषि क्षेत्रलाई मजबुत बनाउने र जलवायु प्रतिरोधात्मक क्षमता प्रवर्द्धन गर्ने उद्देश्यले वृक्षरोपण कार्यक्रम सुरु गरेको छ । ‘स्ट्रेन्दनिङ रिजेनेरेटिभ हर्टिकल्चर एण्ड एग्रोफरेस्टी इन नेपाल’ नामक मुख्य परियोजना अन्तर्गत यो पहल सुरु गरिएको कम्पनीले हो ।

सो कार्यक्रमले कृषिसम्बन्धी चुनौतीहरूको समाधान र जमिनको उत्पादनमा वृद्धि गर्दै स्थानीय कृषक समुदायलाई सहयोग पु¥याउने लक्ष्य राखेको छ । वृक्षारोपण कार्यक्रमको औपचारिक उद्घाटन समारोह काठमाडौंमा आयोजना गरिएको थियो । यस कार्यक्रममा प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे, गृहमन्त्री रमेश लेखक, वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही सहित विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरू, वातावरणविद् र साझेदार संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

सो कार्यक्रममा बगैँचासम्बन्धी प्रविधिक तालिमहरू प्रदान गरिने, जसले कृषकहरूलाई माटोको स्वास्थ्य सुधार, पानीको प्रभावकारी व्यवस्थापन र बालीको विविधिकरण गर्न सहयोग पुर्‍याउने जनाइएको छ । द कोका–कोला फाउण्डेसनका प्रेसिडेन्ट कार्लोस पागोआगाले यस परियोजनाबारे बोल्दै भने, ‘द कोकाकोला फाउण्डेशनले सदैव दीर्घकालीन वातावरणीय र आर्थिक उन्नतिका परियोजनामा लगानी गर्दै आएको छ, नेपालको कृषि क्षेत्रलाई रूपान्तरण गर्न, कृषकहरूलाई जलवायु चुनौतीहरू सामना गर्न र आम्दानीका नयाँ अवसरहरू सिर्जना गर्न यो परियोजना एउटा महत्वपूर्ण कदम हुनेछ ।’

ADV

सम्बन्धित खबर

Advertise