अर्जुन बिष्ट/मध्यान्ह
रुकुम पश्चिम : जिल्लाको चौरजहारी नगरपालिका वडा नम्बर ८, सोती हत्याकाण्डमा फरार रहेका थप चार जना अभियुक्तलाई पूर्पक्षका लागि थुनामा राख्न अदालतले आदेश दिएको छ। जिल्ला अदालत रुकुम पश्चिमले मंगलबार लिएको अभियुक्तको बयान र बादी प्रतिवादीका वकिलहरुको थुनछेक बहस पछि भएको आदेशमा प्रतिबादीहरुलाई थुनामा राख्ने आदेश भएको हो। थुनचेक बयान पछि उनीहरुलाई कारगार चलान गरिएको छ।
कारागार चलान हुनेहरुमा चौरजहारी नगरपालिका - ८ का सौरभ पुन, तुलराम घर्ती, डिल्ली घर्ती र लोकेन्द्र घर्ती रहेका छन् । फरार सुचिमा रहेका पाँच जनामध्ये अर्का एकजना भिम बहादुर घर्ती असार २८ गते आफै अदालतमा हाजिर भएका थिए । उनको बयान र वकिलहरुको बहसपछि थुनामा राख्न आदेश दिइएको जिल्ला अदालत रुकुम पश्चिमले जनाएको छ।
थप पाँच जना अभियुक्त थपिएसंगै सोती घटनामा कारागार चलान हुनेको संख्या ३० पुगेको छ । मंगलबार मात्रै सोती घटनाबारे संसदीय छानबिन समितिले सभामुख अग्नि सापकोटालाई प्रतिबेदन बुझाएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies