काठमाडौं : मलेसियामा सेक्युरिटी गार्डलाई कुटपिट गरेको भिडियो सामाजिक संजालमा आएपछि नेपाली राजदूतावास क्वालालम्पुरले त्यसलाई गम्भीरतापूर्वक लिँदै अनुसन्धानका लागि मलेसिया प्रहरीमा उजुरी दिएको छ । सार्वजनिक भएको भिडियोमा सेक्युरिटी गार्डमाथि निर्घात कुटपिट भएको देखिएको छ ।
दुर्व्यवहार खप्ने सुरक्षागार्डको राष्ट्रियता स्पष्ट नभएपनि मलेसियामा सेक्युरिटी गार्ड नेपालीमात्र रहेको भन्दै सामाजिक संजालमा गुनासो बढेपछि नेपाली दूतावासले पीडितको पहिचानसमेत खोज्न शुरु गरेको बताएको छ । त्यसका लागि दूतावासले पिटिएका व्यक्तिलाई सम्पर्कमा आउन शुक्रबार सार्वजनिक सूचना जारी गरेको छ ।
नेपाली दूतावासले प्रहरीमा उजुरी दिएको विषय मलेसियाका राष्ट्रिय सञ्चारमाध्यम तथा अनलाइन न्यूज पार्टलहरुले पनि महत्वका साथ समाचार बनाएका छन् । संकटको समयमा गोर्खालीले मलेसियाको सुरक्षामा बगाएको रगत मलेसियाई जनताको स्मरणबाट नहट्ने भन्दै कतिपयले सामाजिक सञ्जालमा सुरक्षागार्ड पिटिएकोमा रोजगारदाताको चर्को आलोचनासमेत गर्ने गरेका छन् ।
सेक्युरिटी गार्डमाथि कुटपिट भइरहेको भिडियो बिहीबारदेखि सामाजिक सञ्जालमा भाइरल भएको थियो । भिडियोमा एक व्यक्तिले हिन्दी भाषामा गाली गर्दै सुरक्षा गार्डलाई लट्ठीले पिटिरहेको देखिएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies