काठमाडौं : सहकारी क्षेत्रका जानकारले सहकारी क्षेत्रलाई समयसापेक्ष व्यवस्थित गर्दै लगिनुपर्नेमा जोड दिएका छन् ।सयपत्री बचत तथा ऋण सहकारी संस्था, पोखरा–११ रानीपौवाको ११औँ स्थापना दिवसका अवसरमा शनिबार पोखरामा आयोजित खुला रक्तदान कार्यक्रमका वक्ताहरूले सहकारीका कार्यक्रमलाई व्यवस्थित गर्दै सदस्यहरुको कल्याणका लागि केन्द्रित हुनेपर्ने बताएका हुन् ।
गण्डकी प्रदेश, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, सहकारी विकास महाशाखा प्रमुख प्रेमप्रसाद ढकालले सहकारीसँग लाखौँ सर्वसाधारणको भविष्य जोडिएको बताए । उनले सहकारी क्षेत्रको प्रभावकारिता अभिवृद्धिका लागिविद्यमान ऐननियमलाई समयसापेक्ष संशोधन गर्दै लैजानुपर्ने बताए । प्रदेश मन्त्रालयले जनअपेक्षाअनुरुप सहकारीलाई व्यवस्थित र परिमार्जित गर्दै लैजाने तयारी गरेको उनका भनाइ छ ।
सहकारीका कार्यवाहक अध्यक्ष भीमप्रसाद न्यौपानेले नियामक निकायको निर्देशनलाई आत्मसात् गर्दै सहकारी अघि बढिरहेको बताए । समाजिक उत्तरदायित्वअन्तर्गत रक्तदान जस्ता कार्यक्रमलाई सहकारीले निरन्तरता दिएको उनलेबताए । सहकारीका कोषाध्यक्ष धर्मप्रसाद बास्तोलाले सहकारीको रु १२ करोड ३९ लाख ४६ हजार ५०० शेयर पूँजी रहेको जानकारी गराउँदै रु एक अर्ब सात करोड ६६ लाख ६१ हजार निक्षेप रहेको बताए ।
उनले रु १७ करोड ३२ लाख तरल पूँजी रहेको उल्लेख गर्दै रु एक अर्ब १२ करोड ३७ लाख कर्जा लगानी रहेको बताए ।सहकारीमा आठ करोड नौ लाख १८ हजार जगेडा रकम तथा अन्य कोष रहेको र यस आर्थिक वर्षमा रु पाँच करोड २७ लाख ९९ हजार खुद मुनाफा रहेको कार्यक्रममा जानकारी गराइयो ।
कार्यक्रममा पोखरा–१२ का अध्यक्ष रामबहादुर कार्की, सहकारीका सल्लाहकार माधवप्रसाद बास्तोला ‘मधु’, काहुँ देउराली सहकारी संस्थाका अध्यक्ष बोधराज घिमिरे, नेपाल रेडक्रस सोसाइटी क्षेत्रीय रक्तसञ्चार सेवा केन्द्रका प्रमुख अर्जुन ज्ञवाली लगायतले सहकारीले समाजिक जीवनमा पारेको सकारात्मक प्रभाव एवम् रक्तदानको महत्व लगायतमा आ–आफ्ना धारणा राखेका थिए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies