एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टिकटक र वी च्याट बन्द गर्ने कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् । चिनियाँ कम्पनी बाइटडेन्सले टिकटकको स्वामित्व नबेचे पैतालिस दिनभित्र अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने आदेशमा ट्रम्पले हस्ताक्षर गरेका हुन् ।
सो आदेशमा राष्ट्रिय सुरक्षाको रक्षा गर्न टिकटकका मालिकविरूद्ध आक्रामक कारबाही गर्नुपर्ने उल्लेख गरिएको छ । अमेरिकी नीति निर्माताले विदेशीको स्वामित्वको टिकटक अमेरिकाको राष्ट्रिय सुरक्षामा खतरा हुनसक्ने बताउँदै आएका छन् ।
यसअघि ट्रम्पले टिकटक अमेरिकी संस्थाले किनेमा त्यसबाट अमेरिकी सरकारले पैसा पाउनुपर्ने बताएका थिए । ट्रम्प प्रशासनले टिकटकले चिनियाँ सरकारलाई तथ्यांक उपलब्ध गराएको आरोप लगाउदै आएको छ । सो आरोपलाई टिकटक र बेइजिङले अस्वीकार गर्दै आएका छन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies