काठमाडौं : संयुक्त अरब इमिरेट्स (यूएई) बाट चार्टर उडान शुरु भएको करिब साढे दुई महिनामा १३ हजार ७८५ जना नेपाली स्वदेश फर्किएका छन् । अबुधाबीस्थित नेपाली दूतावासले मंगलबार एक सूचना जारी गरी उक्त अवधिमा २६ वटा नेपालीका शव पनि स्वदेश पठाएको उल्लेख गरेको छ ।
सरकारले रोजगारी गुमाई बाध्यतावश फर्किनुपर्ने नेपालीका लागि गत जुन महिनादेखि चार्टर उडानको अनुमति दिएको थियो । यूएईमा नेपालीहरुले २८ अप्रिलदेखि अनलाइन रजिष्ट्रेशन फाराम भरी स्वदेश फर्किने इच्छा देखाएका थिए ।
दूतावासले मंगलबारसम्म ४२ हजार नेपालीले घर फर्किन आवेदन दर्ता गराएको बताएको छ । ईमेल र टेलिफोनमार्फत नेपाल फर्किन नाम टिपाउनेहरुको संख्या थप पाँच हजार हाराहारीमा रहेको दूतावासले बताएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies