बुटवल : प्रदेश पाँचका सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख उमाशंकरप्रसाद चौधरीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । उनलाई कोरोना संक्रमण पुष्टि भएपछि मन्त्रालयमा सर्वसाधारणलाई प्रवेश निषेध गरिएको छ ।
कोरोनाविरुद्धको अभियानमा सक्रिय सहभागी चौधरीले सामाजिक सञ्जालमार्फत आफूलाई कोरोना संक्रमण देखिएको जानकारी दिएका हुन । उनी होम आइसोलेसनमा छन् ।
उनको सम्पर्कमा आएका प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बराल र प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोद गिरीको भने पीसीआर रिपोर्ट नेगेटिभ आएको छ । अन्यको स्वाव संकलन गर्ने कार्य भैरहेको मन्त्रालयले जनाएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies