काठमाडौं : वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा उच्च अदालतका खरिदार सहित थप २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालका मेडिकल सुपरिडेन्टेन्ट मदन उपाध्यायले दिएको जानकारी अनुसार संक्रमित हुनेहरुमा १६ जना पुरूष र ७जना महिला रहेका छन् । संक्रमितमध्ये दुई जना बाराका छन ।
अधिकांश संक्रमित यसअघि संक्रमण पुष्टि भएका मानिसको सम्पर्कमा रहेका ब्यक्तिहरु हुन् । वीरगन्ज हेल्थ केयर अस्पतालका दुई, वयोधा अस्पतालका एक जना कर्मचारी र वयोधा अस्पतालमा रहेको खाजा घरमा कार्यरत एक जनामा पनि संक्रमण पुष्टि भएको छ ।
उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जमा कार्यरत एक कर्मचारीमा पनि संक्रमण पुष्टि भएको छ । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाका उप प्रबन्धक पनि संक्रमित भएका छ । वीरगन्ज बसपार्कमा रहेको एक होटलका कर्मचारीमा पनि संक्रमण देखिएको छ ।
त्यसैगरी वीरगन्ज महानगरपालिकाका विभिन्न वडाका १३ जना रहेको छ । पर्सागढीका एकजनामा पनि संक्रमण पुष्टि भएको छ । बारा जितपुरको नेपाल इन्भेष्टमेण्ट बैकका एक कर्मचारी र कलैया कि एक महिलामा पनि संक्रमण पुष्टि भएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies