कपिलवस्तु : ईलाका प्रहरी कार्यालय पिपराबाट खटिएको प्रहरी टोलीले स्रोत नखुलेको २८ लाख बढी रकमसहित ४ जनालाई पक्राउ गरेको छ । बाणगंगा नगरपालिका–४, जितपुरस्थित के.सी. फेन्सीको अन्डरग्राउन्ड गोदामबाट स्रोत नखुलेको २८ लाख ९० हजार रुपैयाँसहित ४ जनालाई पक्राउ गरेको हो ।
प्रहरीले ९ लाख भारतीय रुपैयाँ र १४ लाख ५० हजार नेपाली रुपैयाँसहित अर्घाखाँचीका गोविन्द वि.क., कपिलवस्तुका सोमनाथ कसौधन, रुपन्देहीका बसन्त खरेल र कपिलवस्तुका शेषनारायण गिरीलाई पक्राउ गरेको हो ।
उक्त रकम गोप्य सूचनाका आधारमा बरामद गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका चारै जनालाई थप अनुसन्धानका लागि आन्तरिक राजस्व कार्यालय, रुपन्देहीमा पठाइएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले बताएको छ ।