एजेन्सी : भारतको केरला राज्यमा परेको भीषण वर्षा र पहिरोमा परेर १८ जनाको मृत्यु भएको छ ।
इडुक्की र कोटयाम जिल्लामा भारी वर्षापछिको पहिरोमा पाँच बालबालिकासहित कम्तिमा १३ जना हराइरहेका छन् । कोटयाममा ९ जनाको र इडुक्कीमा २ जनाको शब भेटिएको थियो ।
पीडितलाई राहत प्रदान गर्न र हराइरहेका व्यक्तिको खोजीलाई तीब्र पारिएको केरलाका मुख्यमन्त्री पिनारेइ विजयानले बताए ।
बाढी प्रभावित क्षेत्रमा सेना, पनडुब्बी र हवाई फौज परिचालन गरिएको छ । पहिरोले रुख ढाल्दा बिभिन्न ठाँउमा सडक अबरुद्ध भएको छ । अझै पनि पानी परिरहेकोले उद्दार कार्य प्रभावित भएको छ । एजेन्सी
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies