काठमाडौं : कुवेतमा अवैध घरेलु मदिराको कारोवारमा पक्राउ परेका नेपाली देश निकालामा पर्ने भएका छन् । कुवेतमा निरन्तररुपमा नेपाली कामदारहरु अवैध मदिरा उत्पादन र विक्रीका घटनामा पक्राउ परेका छन् । गतहप्ता मात्र कुवेतमा दश नेपाली पक्राउ परेका थिए ।
महाबुल्ला क्षेत्रमा ८ नेपाली पक्राउ परेका थिए भने जाबृया भन्ने ठाउँबाट मदिरा उत्पादन केन्द्र सञ्चालन गर्ने दुई महिलासहित चार जनालाई कुवेत प्रहरीले पक्राउ गरेको थियो ।
स्थानीय प्रहरीले छापा मार्दा नेपालीहरुले तीन वटा अपार्टमेन्टमा कोठा भाडामा लिई अवैध मदिरा उत्पादन गरेको भेटाएको थियो । कुवेतमा मदिरा विक्री वितरण अवैधानिक छ । तर छोटो समयमा नाफा कमाउन चाहने नेपालीले अवैध घरेलु मदिराको कारोवार गरिरहेको देखिएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies