काठमाडौं : मुग्लिङ नारायणगढ सडकखण्ड अन्तर्गत चितवनको इच्छाकामना वडा नम्बर ५ खहरे पुल नजिक दुई वटा ट्रक ठक्कर खाँदा ६ जना घाइते भएका छन् । काठमाडौंबाट नारायणगढ तर्फ जाँदै गरेको ना ६ ख २४२३ नम्बरको ट्रक र बिपरित दिशाबाट गई रहेको ना ४ ख ८०११ नम्बरको ट्रक एक आपसमा ठोक्किएका हुन् ।
दुबै ट्रकको चालक र ट्रकमा सवार ४ जना घाईते भएको प्रहरीले जनाएको छ । घाइते सबैको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । तिमध्ये एकजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies