२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

महाकाली नदीमा बेपत्ता असई सागरराज थारुको शव पाँच दिनपछि फेला

Nada
२०८३ असोज २८ गते १४:३१
Shares
महाकाली नदीमा बेपत्ता असई सागरराज थारुको शव पाँच दिनपछि फेला

कञ्चनपुर : महाकाली नदीमा बेपत्ता भएका सशस्त्र प्रहरीका असई सागरराज थारुको शव पाँच दिनपछि फेला परेको छ ।

ncell

गत शनिबार दोधारा–चाँदनी झोलुङ्गे पुलसँगै चुँडिएको नेपाल टेलिकमको इन्टरनेटको तार तान्ने क्रममा महाकाली नदीमा बोट अनियन्त्रित भएर थारु बेपत्ता भएका थिए ।

सोही दिनदेखि सशस्त्र प्रहरीको गोताखोर टोलीको लगातार प्रयासपछि पाँचौँ दिनमा शव फेला परेको हो । थारुको शव आज बेपत्ता भएको स्थानबाट १०/१५ मिटर दक्षिणतिर भेटिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतले जानकारी दिए । “शव अड्किएका अवस्थामा फेला परेको छ”, उनले भने, “शव परीक्षणपछि परिवारको जिम्मा लगाउँछौँ ।”

बर्दियाको ठाकुरबाबा नगरपालिकाका–६ का थारु बेपत्ता हुनुभन्दा अघिल्लो दिन मात्रै दोधारा–चाँदनीस्थित सशस्त्र प्रहरीको सीमा सुरक्षा गुल्ममा हाजिर भएका थिए ।

दुई साताअघि दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुल भत्किएको थियो । पुलसँगै नेपाल टेलिकमको इन्टरनेट तारसमेत चुँडिएको थियो ।

सम्बन्धित खबर