२०८२ असार १९ गते बिहिवार / Jul 03 , 2025 , Thursday
२०८२ असार १९ गते बिहिवार
Ads

साउदी जाने कामदारको खोपमा अनियमितता

shivam cement
२०८१ फागुन २५ गते ०६:३०
साउदी जाने कामदारको खोपमा अनियमितता

काठमाडौं : वैदेशिक रोजगारीमा साउदी अरेबिया जाने नेपाली कामदारलाई मेनिन्गोकोकल नामको खोप अनिवार्य गरिएको छ । 

मेनिन्गोकोकल एक प्रकारको ब्याक्टेरिया भएको र त्यसले  मस्तिष्क र मेरुदण्डको वरिपरि रहेको पातलो तन्तुको सुजन निम्त्याउने गर्छ । मेनिन्गोकोकलले रक्त प्रवाहको गम्भीर सरुवा संक्रमण निम्याउने बताइन्छ । साउदी अरेबियाले हजका लागि आफ्नो मुलुक प्रवेश गर्दा मेनिन्गोकोकल संक्रमणविरुद्वको खोप अनिवार्य गरेको छ । हजका लागि सामान्यतया सक्षम व्यक्ति जाने हुँदा उनीहरूलाई समस्या नपर्ने भए पनि काम गर्न जाने कमजोर आर्थिक अवस्थाका कामदारलाई समस्या पारेको छ । 

साधारण अवस्थामा १ डोजको ३ हजार ५०० रुपैयाँ पर्ने उक्त खोपको मूल्य हाल ९ हजारसम्म पुर्‍याइएका कारण कामदार समस्यामा परेका नेपाल वैदेशिक रोजगार व्यवसायी संघका कार्यबाहक अध्यक्ष डिकबहादुर खत्री (कुमार)ले मध्यान्ह दैनिकलाई बताए । 

एक व्यक्तिबाट सजिलोसँग अर्को व्यक्तिमा फैलिन सक्ने भएकाले साउदी अरेबियाले बढी नै सतर्कताका साथ उक्त खोप लगाए÷नलगाएको निगरानी गर्ने गरेकोे छ । कार्यबाहक अध्यक्ष खत्रीले स्वास्थ्य मन्त्रालय वा स्वास्थ्य विभागले वैदेशिक रोजगारीमा जाने कामदारको बाध्यता र अत्यावश्यकतालाई ध्यानमा राखेर उनीहरूको सहज पहुँचमा खोप पुर्‍याउनुपर्ने माग गरे ।

उनले ३ हजार ५०० रुपैयाँमा १ डोज पर्ने उक्त खोपको मूल्य हाल ९ हजारसम्म पुर्‍याइएको बारे छानबिन गर्न मागसमेत गरे ।

रेमिट्यान्समार्फत मुलुकको अर्थतन्त्र चलायमान भएको अवस्थामा खोपको अभाव वा कालोबजारियाका कारण कामदारले सहज रूपमा पाउन नसक्ने अवस्थाको अन्त्यका लागि  स्वास्थ्य मन्त्रालय वा स्वास्थ्य विभागले पर्याप्त ध्यान दिन जरुरी रहेकोे उनले बताए ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise