२०८२ कार्तिक २ गते आइतवार / Oct 19 , 2025 , Sunday
२०८२ कार्तिक २ गते आइतवार
Ads

विपिन जोशीको शव भोलि काठमाडौँ ल्याइँदै

shivam cement
मध्यान्ह
२०८२ कार्तिक २ गते ११:२९
विपिन जोशीको शव भोलि काठमाडौँ ल्याइँदै

काठमाडौँ : इजरायलमा मारिएका कञ्चनपुरका विपिन जोशीको शव सोमबार नेपाल ल्याइँदै छ ।

परराष्ट्र मन्त्रालयका अनुसार उनको शव फ्लाई दुबईको विमानमार्फत काठमाडौँ ल्याउन लागिएको हो । सो विमान दिउँसो काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने तालिका रहेको छ । 

विपिनप्रति श्रद्धाञ्जली अर्पण गर्न प्रधानमन्त्री, मन्त्रीहरू र परराष्ट्र मन्त्रालयका अधिकारीहरू पनि सहभागी हुने तयारी छ । अध्ययनको सिलसिलामा इजरायल पुगेका कञ्चनपुरका विपिन जोशी गत २०२३ अक्टुबर ७ मा हमासले किबुत्ज क्षेत्रमा गरेको आक्रमणको क्रममा बन्धक बनाइएका थिए । त्यसपछि उनको अवस्था अज्ञात रहेकोमा गत असोज २७ गते इजरायली अधिकारीहरूले उनको मृत्यु पुष्टि गरेका थिए ।

ADV

सम्बन्धित खबर

Advertise