एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डढेलो प्रभावित क्यालिफोर्निया राज्यको भ्रमण गरेका छन । क्यालिफोर्निया, ओरेगन र वाशिङ्गटन राज्यमा डढेलोबाट बीस लाख हेक्टर क्षेत्रमा क्षति पुगेपछि ट्रम्प सो क्षेत्रको भ्रमणमा गएका हुन् ।
भ्रमणका क्रममा ट्रम्पले जलवायु परिवर्तन भन्दा पनि वनको कमजोर व्यवस्थापनका कारण आगलागीका घटना भएको दावी गरे । डेमोक्रेटिक पार्टीका तर्फबाट राष्ट्रपति पदका उम्मेदवार जो बाइडनले जलवायु परिवर्तनविरुद्ध उत्रिने व्यक्तिको संज्ञा दिए लगत्तै ट्रम्पको यस्तो प्रतिक्रिया आएको हो ।
जलवायु परिवर्तन सम्बन्धी चासो खारेज गरेका ट्रम्पले क्यालिफोर्नियाका अधिकारीलाई अब अवस्था चिसिन थाल्ने पनि बताए । डढेलो नियन्त्रणको दिशामा अरू देशहरूले अमेरिकाले जस्तै काम गर्न नसकेको ट्रम्पको भनाइ छ ।
सीमित समयका लागि भए पनि अमेरिकामा आउँदो नोभेम्बरमा हुने राष्ट्रपति चुनावमा जलवायु परिवर्तनको विषय चर्चाको केन्द्र बनेको छ । अहिलेसम्म आगलागीका कारण कम्तीमा ३५ जनाको मृत्यु भैसकेको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies