२०८२ कार्तिक ५ गते बुधवार / Oct 22 , 2025 , Wednesday
२०८२ कार्तिक ५ गते बुधवार
Ads

प्रतिनिधिसभा निर्वाचन : झापामा मतदाता संख्या छ लाख ८२ हजार ९९३ जना कायम

shivam cement
मध्यान्ह
२०८२ कार्तिक ५ गते ०८:५०
प्रतिनिधिसभा निर्वाचन : झापामा मतदाता संख्या छ लाख ८२ हजार ९९३ जना कायम

झापा : झापामा दुई हजार ६२२ नयाँ मतदाता थपिएका छन् । ती मतदाताले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा पहिलोपल्ट मतको प्रयोग गर्न पाउनेछन् ।

जिल्ला निर्वाचन कार्यालय का सूचना अधिकारी प्रेमप्रकाश न्यौपानेका अनुसार जिल्लामा थपिएका मतदाता समेत गरी मतदाता संख्या छ लाख ८२ हजार ९९३ पुगेको छ । यसअघि झापामा छ लाख ८० हजार ३७१ जना मतदाता थिए ।

अन्तरिम सरकारले अध्यादेश मार्फत निर्वाचन कानून संशोधन गरेर नयाँ मतदाता अद्यावधिक गर्ने निर्णय गरेपछि हाल उमेर पुगेका नागरिकले मतदाताको सूचीमा नाम दर्ता गराउने क्रम धमाधम छ ।

“मतदाताको सूचीमा नाम लेखाउन आउने क्रम चलिरहेको छ,” सूचना अधिकारी न्यौपानेले भने, “एकै दिन तीन सय जनासम्म मतदाताको सूचीमा नाम दर्ता गराउन आउने गर्नुभएको छ । नयाँ पुस्तामा निर्वाचनमा भाग लिने उत्सुकता बढेको पाइएको छ ।”  

यही कात्तिक २ गतेसम्ममा थपिएका मतदाताको संख्या दुई हजार ६२२ पुगेको हो । कात्तिक ३० गतेसम्म नयाँ मतदाताले आफ्नो नाम दर्ता गर्न पाउने समयसीमा तोकिएको निर्वाचन कार्यालयले जनाएको छ ।

ADV

सम्बन्धित खबर

Advertise