एजेन्सी : चीनले बनाएको कोरोना भाइरसविरुद्धको खोप नोभेम्बर महिनामा आम मानिसको प्रयोगका लागि उपलब्ध हुने भएको छ । चीनको रोग नियन्त्रण तथा रोकथाम केन्द्र ‘सीडीसी’ले नोभेम्बरको सुरूमै आम मानिसको प्रयोगका लागि खोप उपलब्ध हुने बताएको हो ।
आगामी नोभेम्बर र डिसेम्बरसम्ममा चिनियाँ खोप सर्वसाधारणको लागि उपलब्ध हुनसक्ने सीडीसीका प्रमुख तथा जीव सुरक्षा विशेषज्ञ गुइजेन वुले बताएका हुन् । गुइजेनले आफैंले पनि खोप प्रयोग गरेको र यसको प्रयोगबाट आफूमा नराम्रा लक्षण नदेखिएको उल्लेख गरेकी छिन् । उनले कुन खोप लगाएकी हुन् भन्ने खुलाएकी छैनन् ।
हाल चीनका चारवटा खोप हाल अन्तिम चरणको परीक्षणमा छन् । यीमध्ये तीनवटा खोप भने कोरोनाविरुद्ध विभिन्न तवरबाट लडिरहेका व्यक्तिहरुमा प्रयोग भइसकेको छ । सिनोफार्म र सिनोभ्याक बायोटेकले आपतकालीन प्रयोग कार्यक्रम अन्तर्गत हाल तीनवटा खोपको विकास गरिरहेका छन् ।
अर्को खोप भने क्यानसिनो बायोलोजिक्सले विकास गरिरहेको हो । सो खोप गत जुनमै चिनियाँ सेनालाई प्रयोगको अनुमति दिइएको छ । अहिले अमेरिका, चीन, रुस, बेलायत लगायतका देशमा थुप्रै खोप परीक्षणको अन्तिम चरणमा छन् । जुलाईमै सिनोफार्मले सन् २०२०को अन्त्यसम्ममा आफूले बनाएको खोप आममानिसका लागि उपलब्ध हुन सक्ने बताएको थियो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies