२०८१ फागुन २८ गते बुधवार / Mar 12 , 2025 , Wednesday
२०८१ फागुन २८ गते बुधवार
Ads

नेपाल नामिबियासँग २३ रनले पराजित

hardik ivf
मध्यान्ह
२०८१ फागुन २८ गते १५:५९
नेपाल नामिबियासँग २३ रनले पराजित

काठमाडौँ :  चार देशीय महिला टी–ट्वान्टी क्रिकेट सिरिजमा नेपाल नामिबियासँग २३ रनले पराजित भएको छ । यसअघि नेपाल आफ्नो पहिलो खेलमा पनि नामिबियासँग ६ विकेटले पराजित भएको थियो । 

नामिबियाले दिएको १२६ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १०२ रन मात्रै बनाउन सक्यो । नेपालका लागि ओपनर साना प्रविनले सर्वाधिक ३१ रन बनाइन् । यसैगरी कप्तान इन्दु बर्मा र पूजा महतोले समान १५ रन जोडे । कविता जोशी १७ रनमा नटआउट रहँदा अन्य खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन् ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नामिबियाले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै एक सय २५ रन बनाएकाे थियाे । नामिबियाका लागि यास्मिन खानले ४५ रन बनाइन् । विल्का म्वाटिलले २०, अर्रास्टा डियर्गार्डले १६ तथा कप्तान सुने विटम्यानले १५ रन बनाइन् ।

नेपालका लागि ईश्वरी विष्टले सर्वाधिक तीन विकेट लिइन् भने रचनाकुमारी चौधरीले दुई तथा रिया शर्मा र इन्दु बर्माले समान एक-एक विकेट लिए ।

ADV

सम्बन्धित खबर

Advertise