मदनकृष्ण सिलवाल/मध्यान्ह
काठमाडौं : शारीरिकरूपमा अपाङ्गता भएकाहरूलाई लक्षित गर्दै गोकर्णेश्वर नगरपालिका वडा नं. २ कार्यालय, नयाँपाटीमा परिसरमा गत शनिवार निशुल्क ह्विलचियर विवरण गरिएको छ । गोकर्णेश्वर नगरपालिका वडा नं. २ को आयोजना तथा विशेष सहयोगीहरूमा अपाङ्ग पुनस्र्थापना समाज अनामनगर, काठमाडौँ र अमेरिकामा रहेको ल्याटर-डे सेन्ट च्यारिटिज नामक अर्गनाइजेशनको सहयोगमा वडा नं. १ र २ का ७ जनालाई उक्त ह्विलचियर वितरण गरिएको हो ।
स्थानीय युवा समाजसेवी राज चालिसेको सभापतित्व तथा गोकर्णेश्वर नगरपालिका वडा नं. २ का अध्यक्ष कृष्णबहादुर पण्डितको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा विशेष अतिथिहरूमा गोकर्णेश्वर नगरपालिका वडा नं. १ का वडा अध्यक्ष राम मानन्धर र अपाङ्ग पुनर्स्थापना समाजका उपाध्यक्ष सुगम भट्टराई उपस्थितिको थियो । त्यस्तै अतिथिहरूमा वडा नं. २ का वडा सदस्यहरू कृष्णहरि श्रेष्ठ, माया लामा र सरस्वती सुनार तथा समाजसेवी गायत्री दाहाल सहभागी थिए ।
कार्यक्रममा प्रमुख अतिथि वडाध्यक्ष पण्डितले गोकर्णेश्वर नगरपालपण्डितले कोभिड– १९ को असहज परिस्थितिमा पनि अपाङ्गता भएकाहरुलाई सहयोग पुर्याउने सहयोगी मनहरूलाई विशेष आभार प्रकट गरे ।
अपाङ्ग पुनर्स्थापना समाजका उपाध्यक्ष सुगम भट्टराईले समाजसेवी गायत्री दाहालको विशेष अनुरोधमा यी वडाहरुमा ह्विल चियर वितरण गर्न पाउँदा दशैँको पूर्व सन्ध्यामा पनि शारीरिक रुपमा फरक क्षमता भएका बालबालिकाहरुले खुशीको अनुभूति गर्नेछन् भन्ने आशा राख्दै आगामी दिनमा पनि सहकार्य गर्ने प्रतिवद्धता जनाए ।
कार्यक्रममा अपाङ्ग पुनर्स्थापना समाजकी प्राविधिक सुनिता रिजालले ह्विलचियर कसरी प्रयोग गर्ने भन्नेबारे संक्षिप्त रुपमा जानकारी समेत गराइन् । कार्यक्रमको सञ्चालन गोकर्णेश्वर नगरपालिका वडा नं. २ का सचिव केदारनाथ नेपालले गरेका थिए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies