
मलेसिया : गैरआवासीय नेपाली संघ (एनआरएनए) मलेसियाका अध्यक्ष राकेश प्रसाद महतोले आफ्नो जन्मदिनको अवसरमा बारा जिल्ला कलैया ४ मा रहेको अमृता अनाथ आश्रममा खाद्यान्न र आर्थिक सहयोग प्रदान गरेका छन् ।
समाजप्रतिको उत्तरदायित्व वहन गर्दै अध्यक्ष महतोले सहयोग गरेको बताएका छन् । उनले अनाथ आश्रममा खाद्यान्न चामल, दाल, तेल, नुन, बिस्कुट लगायतका उपभोग्य वस्तुहरू र आर्थिक सहयोग प्रदान गरेका हुन् ।
कार्यक्रमका क्रममा बोल्दै अध्यक्ष महतोले भने, “जन्मदिनलाई व्यक्तिगत खुसीमा मात्र सीमित नराखी समाजसेवामा रुपान्तरण गरेको बताउदै आगामी दिनमा समेत आश्रमलाई सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
अनाथ आश्रम सन्चालन गर्दै आएकी आश्रमकी सन्चालिका फुलमति बस्नेतले अध्यक्ष महतोलाई धन्यवाद दिँदै शुभकामना व्यक्त गरेकी थिइन् ।