काठमाडौं : घटस्थापनाको अवसरमा काठमाडौंको बसन्तुरमा रहेको दशैंघरमा जमरा राखिएको छ । नेपाली सेनाको टोलीले मंगल धुन बजाएर बढाईं गरेसँगै विहान ११ बजेर ४६ मिनेटको शुभसाइतमा जमरा राखिएको हो ।
कोरोनाका कारण यो वर्ष केही समस्या भएपनि स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर जमरा राखिएको हो । दशैँ घरमा वैदिक विधिअनुसार जमरा राखी दुर्गा देवीको पूजा आराधना शुरु भएको छ । आजैदेखि दशैँ घरमा शक्तिकी देवी नवदुर्गाको पूजा आरम्भ हुन्छ ।
नवरात्रको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैठौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा आराधना गरिन्छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies