तिलु शर्मा पौडेल/मध्यान्ह
दोहा कतार : कतारबाट साहित्यिक आकासमा हरेक डबलीमार्फत नयाँ इट्टा थपिरहेका साहित्यिक संस्था द्वय अनेसास तथा नवोदित साहित्यिक वाचानालय कतारको संयुक्त आयोजनामा १११ औ लक्ष्मी जयन्ती तथा १०६ औँ अनेसास नवोदित साहित्य वाचन डबली कार्यक्रम सम्पन्न भएको छ । दोहा सहरवाट केहि टाढा सहानीयामा अवस्थित अल दोसरी पार्कमा लक्ष्मी प्रसाद देवकोटाको चित्रलाइ नै विशिष्ट श्रोताको रुपमा माल्यार्पण गर्दै कार्यक्रमलाई अगाडी बढाइएको थियो।
नवोदित साहित्यिक वाचानलयका महासचिव महेन्द्र खड्काले देवकोटाको जीवनी वाचन गरेका थिए भने अनेसासका महासचिव लेख कार्कीले सहजिकरण गरेको कार्यक्रममा दिपावलिको शुभकामना आदानप्रदान सहित साहित्यकारहरू शेखर बस्नेत, यादव रेग्मी, मणि पौडेल, सानु थपलिया,लेख कार्की, चक्र कार्की, महेन्द्र खड्का, जयन्द्र खड्का, तीर्थ सङ्गम राई, माया केसी र सिताराम थापाले आ-आफ्ना रचना सुकुलमा बसेर वाचन गरेका थिए ।
विगत १०६ महिनादेखि साहित्यिक संस्थाद्धयले हरेक महिनाको दोस्रो शुक्रवार वाचन डबली सञ्चालन गर्दै आई रहेका छन् । कोरोनाका कारण केही समय रोकिएको रचना कार्यक्रम पछिल्लो महिनाबाट पुनः सञ्चालित हुन लागेका छन्।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies