एजेन्सी : चुनावमा पराजित भएपछि अप्रजातान्त्रिक गतिविधि गरेको भन्दै रिपब्लिकन पार्टीकै नेताहरुले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आलोचना गर्न थालेका छन् ।
रिपब्लिकन सिनेटर मीट रोम्नीले हारिसकेपछि पनि ह्वाइट हाउसमा बसेर डोनल्ड ट्रम्पले अप्रजातान्त्रिक गतिविधि गरिरहेको बताएका हुन् । सिनेटर रोम्नीले जीत उल्टाउन ट्रम्पले गरिरहेको प्रयासलाई ‘प्रजातान्त्रिक हर्कत’ भनेपछि ट्रम्प आक्रोशित भएका छन् ।
राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ट्वीटरमार्फत् नै रोम्नीलाई भद्दा गाली गरेका छन् । रोम्नीलाई गैंडा भनेका ट्रम्पले उनी नाम मात्रका रिपब्लिकन भएको समेत दावी गरेका छन् ।
रोम्नीका अलवा अर्का रिपब्लिकन सीनेटर बेन सासेले पनि राष्ट्रपति ट्रम्पको आलोचना गरेका छन् । ट्रम्पले निर्वाचन परिणाम उल्ट्याउन केही राज्यमा उजुरी दिएपनि त्यसले परिणाममा असर देखिएको छैन ।
हालै जर्जियामा धाँधली भएको भन्दै फेरि दाहोर्याएर हातैले गणना गर्दा पनि बाइडन विजयी भएका छन् । पछिल्लो समय ट्रम्पले रिपब्लिकन निकट अधिकारीहरु रहेका राज्यमा मत गणना प्रमाणित गर्न नै रोक्न लगाउन थालेका छन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies