२०८३ असोज १७ गते शनिवार / Oct 03 , 2026 , Saturday
२०८३ असोज १७ गते शनिवार

कमसल बिउका कारण हरिवनका गोलभेंडा किसान मारमा

Nada
घनश्याम बलम्पाकी
२०८३ असोज १७ गते २०:१५
Shares
कमसल बिउका कारण हरिवनका गोलभेंडा किसान मारमा

सर्लाही : सर्लाहीको हरिवन नगरपालिकाले अनुदानमा वितरण गरेको गोलभेंडाको बिउ कमसल भएपछि किसान मारमा परेका छन् । आर्थिक वर्ष २०८२/०८३ मा हरिवन नगरपालिकाले ५० प्रतिशत अनुदानमा वितरण गरेको कबिता जात गोलभेडाको बिउबाट अपेक्षित उत्पादन नभएपछि लगानीसमेत नउठ्ने चिन्तामा किसान परेका छन् ।

ncell

हरिवन नगरपालिका–३ का किसान राम विश्वास साहले नगरपालिकाबाट अनुदानमा प्राप्त गोलभेडाको बिउ रोपे पनि राम्रो उत्पादन हुन नसकेको गुनासो गरेका छन् । बिउ, मल, मजदुरीलगायतमा गरेको लगानी डुब्ने अवस्था आएको उनको भनाइ छ । साहले पाँच कट्ठा जमिनमा लगाएको गोलभेडा बोटनै मिसाबट रहेको बताए । फल पनि फरक फरक देखिएको र लागेको दाना पनि नबढेको गुनासो गरे ।

हरिवन नगरपालिका–२ का किसान सुरेन्द्र साह (शम्भु)ले थाइल्याण्डको कम्पनी चियाताईको ‘कविता’ जातको उक्त बिउ ग्रेडिङ नगरिएको बिउ भएको आरोप लगाए । सुशिला एग्रोभेट फर्म हरिवन २ ले बिउ बितरणको जिम्मा पाएको हो । कबिता जातको बिउ नै गुणस्तरिय नभएको आशंका गरेका छन् । उनीहरुका अनुसार ब्याडमा उम्रेको बिरुवानै फरक फरक रहेको बताएका छन् । किसानले अनुदानमा पाएका गोलभेडाको बिउमा सबैको यस्तै समस्या रहेको बताए । बिउ बितरक र कर्मचारीको कमिसनको चलखेलका कारण यस्तो भएको किसानको आरोप छ । 

हरिवन २ अत्रौलीका किसान राकिशोर महतोले भने ‘मैले बिगत पाँचबर्ष देखि कबिता जातको गोलभेंडाको खेती गर्दै आइरहेको छु । बोट एक नासको दाना पनि एकनासको हुन्थ्यो,तर अहिलेको बोट फरक फरक र दाना पनि फरक फरक छ । ’ उनि निरास हुँदै भन्छन् कसलाइ के भन्ने जताबाट पनि किसाननै मर्ने त होनी ।

यता, हरिवन नगरपालिका कृषि शाखाका प्रमुख विष्णु गुरागाईंले भने बिउकै कारण मात्र समस्या आएको भन्न नमिल्ने बताउछन् । किसानले रोप्ने उपयुक्त समयभन्दा अगावै बिउ रोप्नु, अधिक तापक्रम र चिम्टाइलो माटोलगायत कारणले गोलभेंडामा समस्या देखिएको हुनसक्ने उनको भनाइ छ । कबिता जातको गोलभेंडा लगााउनको लागि उपयुक्त समय भनेको भदौको अन्तिम साता देखि असोजको पहिलो साता भएको बताए । तर किसानले साउनमा नै रोपेको कारणले यस्तो समस्या आएको बताए । किसानले भने बिउको गुणस्तर परीक्षण गरी वास्तविक समस्या पहिचान गर्न र क्षतिपूर्तिको व्यवस्था गर्न माग गरेका छन् ।

ताजा खबर

सम्बन्धित खबर