काठमाडौं : १३ औं साग स्वर्ण विजेता गोपीचन्द पार्की छैठौं नेपालगञ्ज म्याराथनको उपाधि जित्न सफल भएका छन । उपाधि जितेसँगै टोकियो ओलम्पिकको लागि छनौट भएका छन् ।
शनिबार बिहान नेपालगञ्जमा भएको म्याराथनमा निर्धारित दूरी २ घण्टा १८ मिनेट ५९ सेकेण्डमा पूरा गरेर सशस्त्र प्रहरीका पार्की पहिलो स्थानमा दौड पुरा गरे । उनले डिफेन्डिङ च्याम्पियन नेपाली सेनाका कृष्ण बस्नेतलाई पछि पार्दै उपाधि हात पारेका हुन ।
उनले १३ औं सागमा पँच हजार मिटर दौडमा स्वर्ण जितेका थिए । साउनमा ५ हजारमा स्वर्ण जितेपछि टोकियो ओलम्पिकलाई लक्ष्य बनाएर तयारी गरेको र सफल भएको प्रतिक्रिया दिए । टोकियो ओलम्पिकमा बैकुण्ठ मानन्धरको रेकर्ड तोडने लक्ष्य रहेको पनि पार्कीले बताए ।
गत संस्करणको विजेता सेनाका कृष्ण बस्नेत दोस्रो स्थानमा समेटिए । उनले २ घण्टा २० मिनेट ४९ सेकेण्डमा दौड पुरा गरे । सेनाकै खगेन्द्र भाट तेस्रो भए । म्यराथनका विजेताले ७५ हजार तथा दोस्रो र तेस्रो हुनेले क्रमश ३० हजार र २० हजार प्राप्त गरे ।
हाफ म्याराथनको उपाधि १३ औँ सागकी कास्य विजेता सशस्त्र प्रहरीकी पुष्पा भण्डारीले जितेकी छन् । उनले निर्धारित दूरी १ घण्टा २६ मिनेट ५४ सेकेण्डमा पूरा गरिन् । १ घण्टा ३० मिनेट सात सेकेण्डमा दूरी पूरा गरेर जुम्लाकी मञ्जु रावत दोस्रो र १ घण्टा ३८ मिनेट १४ सेकेण्डमा दूरी पूरा गरेर दाङकी सर्मिला घर्ती तेस्रो भइन् ।
महिला हाफ म्याराथनको विजेताले ३०, दोस्राले १५, तेस्रोले १० हजार रुपैयाँ प्रदान गरिएको छ । कोरोनाको महामारीपछि देशमा गरिएको यो पहिलो प्रतियोगिता हो । प्रतियोगितामा २५ पुरूष र १० महिला खेलाडीको सहभागिता रहेको थियो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies