एजेन्सी : कोरोना भाइरस संक्रमितको संख्या बढेपछि अमेरिकाको क्यालिफोर्नियामा रात्रिकालीन कर्फ्यू लगाइएको छ । डिसेम्बर २१ सम्म रहने गरी कर्फ्यू जारी गरिएको हो । आवश्यकता अनुसार यसलाई बढाउन सकिने त्यहाका अधिकारीहरुले बताएका छन् ।
क्यालिफोर्नियामा दश लाख भन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । यो संख्या टेक्सासपछिको धेरै हो । धेरै राज्यहरुमा मास्कलाई अनिवार्य बनाउँदै विभिन्न प्रतिबन्धात्मक व्यवस्थाहरु लागु गरेपनि संक्रमण नियन्त्रणमा आउन सकेको छैन ।
पछिल्लो २४ घण्टामा अमेरिकामा अहिलेसम्मकै धेरै १ लाख ८७ हजार नयाँ संक्रमित थपिएका छन् । अमेरिकामा अहिले दैनिक २ हजार मानिसको कोरोना संक्रमणवाट मृत्यु भैरहेको छ । यो संख्या जुन यताको उच्च हो ।
अमेरिकाभर हालसम्म १ करोड २४ लाख ५० भन्दा बढी संक्रमित छन् भने मृतकको संख्या २ लाख ६१ हजार ७ सय नाघेको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies