एजेन्सी : विश्व स्वास्थ्य संगठन ‘डब्लुएचओ’ले कोरोना भाइरस संक्रमण बिरुद्धको खोप वितरणमा हुने विभेदलाई लिएर चिन्ता प्रकट गरेको छ ।
डब्लुएचओका प्रमुख प्रमुख टेडरोज आध्यनोम गेब्रेयसियसले सबैभन्दा प्रभावित समुदाय र गरिब व्यक्तिमा यो खोप सर्वसुलभ रुपमा पुर्याउनु चुनौतीपुर्ण रहेको बताएका हुन् ।
उनले खोपको समान रुपमा वितरण हुनुपर्ने पनि बताए । उनले विभिन्न खोपको सफल जारी रहेकाले खोप वितरणका लागि अहिले नै तयारीमा जुट्न आवश्यक रहेको बताएका हुन् ।
डब्लुएचओले संसारभर प्रभावित रहेका नागरिकलाई सहज रुपमा कोरोनाविरुद्धको खोप पुर्याउन करोडौं डलरको साझा कोषको आवश्यकता पनि औंल्याएको छ । डब्लुएचओ प्रमुख टेड्रोसले खोपको परीक्षणले ल्याउन सकारात्मक नतिजाको प्रतीक्षामा आफू रहेको बताए ।
छिटो विकास गरिएका कोरोनाविरुद्धको खोपको प्रभावकारीताका बारेमा अझै अनुसन्धान जारी रहेको पनि डब्लुएचओले जनाएको छ । सन् २०२१ को अन्त्यसम्ममा विश्वभर कोरोना विरुद्धको खोप वितरण थाल्ने डब्लुएचओको तयारी छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies