काठमाडौं : हवाई टिकटको ब्यवस्थापन गर्न नसकेका तर तुरन्त घर फर्किनु पर्ने समस्या भएका १४ जना नेपाली श्रमिकहरुलाई स्वदेश फिर्तीका लागि गैर आवासीय नेपाली संघ कतार र नेपाली ब्यबसायी संघ कतारले नि:शुल्क हवाई टिकट सहयोग गरेको छ ।
कोरोना भाइरस कोभिड १९ को कारणले कतारमा रोजगारी गुमाएर नेपाल फर्कन हवाईभाडा जुटाउन नसक्ने अवस्थामा रहेका नेपाली श्रमिकहरुका लागि नेपाली दूतावासको संरक्षकत्व र सहयोगमा गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतार र नेपाली ब्यावसायी संघ कतारद्वारा पहिलो चरणमा ५५ जनाका लागि हवाई टिकट उपलब्ध गराउने लक्ष सार्वजनिक गरिएको थियो । सोही अनुसार पाचौ चरणमा १९ नोवेम्बरका दिन एक महिनाभन्दा बढ़ी एनसीसी कतारको सहयोगमा खाना-बस्न ब्यवश्थापनमा रहेका ३ जना चेलीहरु महोत्तरीकी ऊमा खड़का, सल्यानकी लक्ष्मी कुनवार र रौतहटकी नीरा दरलामी ७ सेप्टेम्बर २०२० का हवाई टिकट उपलब्ध गराइएको स्वदेश फिर्तिका लागि आर्थिक सहयोग तथा उद्दार समिति- २०२० का संयोजकसमेत रहेका गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतारका अध्यक्ष मोहमद मुक्तदा मुसलमानले मध्यान्हलाई जानकारी दिए ।
यस्तै लामो समयदेखि हमद अस्पतालमा भर्ना भई क्षयरोगको उपचार गराईरहेका लमजुङका नारायण भण्डारीलाई १२ अक्टोबरमा , काभ्रेका हरि सरन मिजार र इलामका केशव कुमार कार्कीलाई १६ अक्टोबरमा , नुवाकोटका गजेन तामाङ्ग, सिरहाका पुरुषोत्तम पासवान, इलामकी सुष्मा लेपचा, मकवानपुरका मदन तिमिल्सिना, सिरहाका होमबहादुर कार्की र महोत्तरीका राज कुमार कपार लाई ४ नोवेम्बर २०२० का दिन पर्वतका हरि बहादुर विश्वकर्मा र पूर्ण बहादुर बिकेलाई हवाई टिकट उपलब्ध गराई नेपाल पठाइएको र अहिले सम्मा ४४ जना लाई टिकेट उपलब्ध गराइएको पनि अध्यक्ष मुसलमानलं बताए ।
उल्लेखित ब्याक्तिहरुलाई स्वदेश फिर्तिका लागि सहजीकरण भूमिका निभाउने नेपाली नियोग र स्वदेश फिर्तीका लागि आर्थिक सहयोग तथा उद्दार समितिका सम्पुर्ण सदस्यहरु प्रति अध्यक्ष मुसलमानले हार्दिक आभार प्रकट गरे ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies