२०८२ चैत २ गते सोमवार / Mar 16 , 2026 , Monday
२०८२ चैत २ गते सोमवार
Ads

प्रधानमन्त्री ओलीद्वारा इदको शुभकामना

shivam cement
२०८१ चैत १८ गते ११:३८
Shares
प्रधानमन्त्री ओलीद्वारा इदको शुभकामना

काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीले इस्लाम धर्मावलम्बीले मनाउने महत्त्वपूर्ण र पवित्र पर्व इदको शुभकामना दिएका छन् । प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जालमार्फत इद पर्वको अवसरमा सबैलाई शुभकामना दिएका हुन् । 

‘आज इस्लाम धर्मावलम्बीले मनाउने महत्त्वपूर्ण र पवित्र पर्व इद, एक महिना लामो रोजा व्रत पूरा भएको छ’, सन्देशमा भनिएको छ, ‘रोजा पूरा भएको खुसियालीमा इस्लाम समुदायले आज इदुल फित्र मनाउँदै छन्, इद पर्वको अवसरमा सबैलाई शुभकामना ।’

इस्लाम धर्मावलम्बीको एक महत्त्वपूर्ण पर्वमा प्रेम, दानशीलता, सामाजिक सहयोग र आध्यात्मिक समर्पणको विशेष महत्त्व रहेको छ । समुदायबीचको सम्बन्ध अझ बलियो बनाउने परम्पराले यस चाडलाई अझ अर्थपूर्ण बनाएको छ ।

सम्बन्धित खबर