काठमाडौं : भारत सरकारको सहयोगमा गोरखामा निर्माण गरिएका तीन विद्यालय भवनको विदेश सचिव हर्षवर्द्धन श्रृंगलाले शुक्रबार उदघाटन गरेका छन् । गोरखा नगरपालिका बडा नम्बर नौ लक्ष्मी बजारमा रहेको महालक्ष्मी माध्यामिक विद्यालयमा पुगेर श्रृंगलाले भवन उदघाटन गरेका हुन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै श्रृंगलाले भुकम्पले क्षति पुर्याएका नेपालका संरचना पुनर्निर्माणमा भारतीय सहयोग जारी रहने बताए । उनले गोरखा नगरपालिका दश छेवेटारमा रहेको तारा माध्यामिक विद्यालय र गोरखा नगरपालिका आठ स्थित रत्नलक्ष्मी माध्यमिक विद्यालयको भवनको भने सोही स्थानवाट सांकेतिक रुपमा उदघाटन गरेका छन् ।
२०७२ सालको भुकम्पवाट गोरखामा भत्केका २६ हजार नौ सय १२ घर बनाउने प्रतिबद्धता भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गरेका थिए । सो प्रतिवद्धता अनुसार २५ हजार १७ घर बनिसकेका छन । तीनवटा विद्यालय भवन पनि निर्माण भैसकेको छ ।
२०७२ सालको भूकम्पबाट क्षतिग्रस्त संरचना पुनर्निर्माणका लागि भारत सरकारले एक खर्ब रुपैयाँ अनुदान प्रदान गरेको थियो । सो रकमले गोरखा र नुवाकोटमा निजी आवास, विद्यालय र स्वास्थ्य चौकी लगायतका संरचनाको पुनर्निर्माण भएको हो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies