काठमाडौं : गायिका सरु पराजुलीको सामजिक संजाल बारे नयाँ गीत 'फुर्सदमा च्याट गर्न' लिएर आएकी छिन्। यो गीतले आजभोलीको यथार्थलाई बताउने कोसिस गरेको छ । नेपालीहरु विदेश वा गाउँ छोडेर परदेश वा नयाँ ठाउँ जाने र आफ्नो गाउँघरको याद गर्ने गर्छन् ।
ब्यस्तताको बाबजुत साथीभाई आफन्त इस्टमित्र आदि सामाजिक संजाल मार्फत जोडिने गर्छन् । संसारमा के हुँदैछ र बिशेष गरेर आफ्ना नातागोता साथीसंगी के कसो गर्दैछन् भन्ने कुरा पनि सामाजिक संजालबाट थाहा पाउने गर्छन् । यो गीतले यही आजको यथार्थलाई गीतसंगीत मार्फत पस्किने प्रयास गरेको छ ।
सार्वजनिक गीतमा शिव चम्लागाईको शब्द र चर्चित संगीतकार महेश खड्काको संगीत रहेको छ । सूब्रतराज आचार्यको निर्देशनमा तयार भएको गीतको भिडियोमा स्मारिका/ समारिका ढकाल, समिक्षा बस्नेत, दीपा कर्ण र रशिक बोहोरालगायतका कलाकारले अभिनय गरेकाछन् । सुरेन्द्र बसेलको कोरियोग्राफी रहेको भिडीयोमा उत्सव दाहालको छायांकन र विकास दाहालको सम्पादन रहेको छ । सुरभी क्रिएशन र बीवाइएसएसटी म्युजिकमार्फत यो गीत बजारमा आएको हो । यो गीतलाई डिजिटल स्टोर्समा पनि सुन्न सकिनेछ ।
उनले परदेशमा रहेर पनि नेपाली गीत संगीतलाई आफ्नो स्वरमार्फत निरन्तरता दिने काम गरिरहेकी छिन् । उनले रेडियो नेपालबाट स्वर परीक्षा पास गरेकी हुन् भने उनले सास्त्रीय संगीतमा इलाहाबादबाट मास्टरसम्मको अध्ययन गरेकी छिन् । उनले चलचित्रहरुमा पनि गीत गएकी छिन् । उनी भोकल शिक्षिका भएर पनि काम गरेकी छिन्।यो गीत गीतिसंग्रह "शायन" मा रहनेछ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies