एजेन्सी : अमेरिकाको शिकागोमा एक व्यक्तिले गोली प्रहार गरी तीन जनाको हत्या गरेका छन् । घटनामा थप चार जना घाइते भएका छन् । शिकागो विश्वविद्यालयमा प्रवेश गरेर बन्दुकधारीले आक्रमण गरेका हुन् ।
बन्दुकधारीले विश्वविद्यालय छिरेर तीस वर्षिय एक छात्रको टाउकोमा गोली प्रहार गरेका थिए । त्यसलगत्तै एक अपार्टमेन्टमा प्रवेश गरी सुरक्षागार्ड र अपार्टमेन्टमा रहेकी एक महिलालाई गोली प्रहार गरेका थिए । पुनः एक पसलमा प्रवेश गरी २० वर्षका एक व्यक्तिको उनले हत्या गरेका हुन् ।
त्यस लगत्तै ती व्यक्तिले १५ वर्षकी किशोरीमाथि गोली प्रहार गरेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । अन्तिम पटक एक रेष्टुराँमा प्रवेश गरी एक महिलाको उनले हत्या गरेका थिए । गोली हान्ने व्यक्तिको प्रहरीको जवाफी कारबाहीमा मृत्यु भएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies