गणेश सिंह धामी/मध्यान्ह
दार्चुला : जिल्लाको मार्मा गाउँपालिका—२ सिमार नजिकै घट्टेगाड भन्ने ठाउँमा जीप दुर्घटना भएको छ। म १ ज ३२४ नम्बरको जीप दुर्घटना हुँदा चालकसहित २ जना घाइते भएका छन् ।
घाइते हुनेमा मार्मा गाउँपालिका ३ बस्ने बर्ष १८ का चालक भुवन धामी र बैतडी जिल्ला डिलाशैनी १ नानारा बस्ने १८ वर्षीया लक्ष्मी धामी रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकृत भास्कर चन्दले मध्यान्हलाई जानकारी दिए ।
उक्त दुर्घटनामा परेको जीप लटिनाथबाट सेलबिसा जादै गरेको थियो। जीप आज बिहान करिब ७ बजेतिर दुर्घटना भएको जनाइएको छ ।
घाइतेको ढाड र टाउकोमा चोट लागेको छ भने घाइतेहरुको लटिनाथ स्वास्थ चौकिमा उपचार भइरहेको लटिनाथका प्रहरी निरीक्षक कमल बहादुर विष्टले जानकारी दिए । जीप सडकदेखि करिब १२०मिटर तल चमेलिया नदी किनारमा खसेको छ।घटना के कति कारणले भएको हो भन्नेबारे अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies