लमजुङ : लमजुङमा भएको प्रथम सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधि कन्यादेवी युवा क्लब हटियाले जितेको छ । शनिबार जिल्लाको बेसीशहर नगरपालिका वडा नं. ११ तिलाहारमा भएको प्रतियोगिताको फाइनलमा कन्यादेवीले अलैचे युवा क्लबलाई ५–२ गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो ।
उपाधि दिलाउन अर्जुन गुरुङले २ गोल गर्दा सन्तोष तामाङ, अर्जुन तामाङ र अर्जुन गुरुङले एक एक गोल गरेका थिए । फाइनल खेलको पहिलो हाफमा अर्जुन गुरुङले गोल गर्दै कन्यादेवी टिमलाई अग्रता दिलाएका थिए ।
चिति युवा क्लबले आयोजना गरेको प्रतियोगितामा ४० टिमको सहभागीता रहेको थियो । उपाधि विजेता कन्यादेवीले नगद तीस हजार प्राप्त गर्दा उप विजेता अलैचे युवा क्लबले २० हजारमा चित्त बुझाएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies