चितवन : चितवनमा एकजना पुरुषको शव फेला परेको छ । भरतपुर महानगरपालिकाको वडा न ३ नगरवन अगाडी एक पुरुषको शव फेला परेको हो । बिहान करिब सात बजे स्थानियले शव देखेर प्रहरीलाई खबर गरेका थिए ।
अन्दाजी करिब ४०-४२ बर्ष उमेरको पुरुषको शव फेला परेको वडा प्रहरी कार्यालय नारायणगढका प्रमुख प्रहरी निरिक्षक रघुसिहं बिष्टले जानकारी दिए ।
मृतकको सनाखत तथा मृत्युको कारण खुल्न सकेको छैन । शवको पोस्टमार्टम रिपोर्ट आएपछी मात्र केहि खुल्ने प्रहरी निरिक्षक बिष्टले बताए ।
Bagbazar Kathmandu
Phone : 014226366, 014228298
Mobile : 9841293261, 9841206411
Email : [email protected]
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2021 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies