– बसन्त थापा मगर, अमेरिका
१८ वर्ष भएछ मैले नेपाल छाडेको
१८ वर्ष भएछ मैले अमेरिका टेकेको
म रहेको अमेरिकाको मेरिल्यान्ड
१८ वर्ष अगाडी जस्तो थियो, उस्तै छ
म जन्मिएको मेरो गाउँ ठाउँ इमाडोल
१८ वर्ष अगाडी जस्तो थियो, उस्तै छैन
वर पर दाँया बाँया गाउँघर, सबै तिर
यति फरक भइ सकेछ कि
पुराना घर छैनन् पुराना, बाटो छैनन्
पुराना पसल छैनन, पुराना चौतारी छैनन
यहाँसम्म कि, धेरै आफन्त छिमेकी रहेनन्
बिलकुल फरक भई सकेछ, जन्मिएको ठाउँ
पुराना आफन्त, छिमेकि, स्थानिय बाहेक
न घर चिनिन्छन् न मानिस चिनिन्छन्
गाउँमा थोरैको साइकल, बाइक हुँदा
प्रायः सबै हिड्ने बस चड्ने गर्थे
गाउँमा ढलाने घर कसैका थिएनन्
सबैका टायल र पाली भएका घरहरू थिए
धेरै तिर देशभर, नढाँट जनता
निराश नबनाऔ जनता
आफ्नो ठाउँ देश कसरी बनाउने
त्यता तिर लाग, केहि भएको छैन भनेर
भाडनीति नगर, आफु मात्र बन्ने देश बिगार्ने
फोहरी राजनीति नगर
गोरेटो बाटो सबैतिर हिले धुले घाँसें थिए
आज सबैका ढलाने ठूला घर भईसकेछन्
आज सबैतिर चौडा बाटो बनि सकेछन्
घरै पिच्छे बाइक देखिन थालेछन्
घरै पिच्छे ढलको व्यवस्था हुन थालेछ
पानीको व्यवस्था र सफा बाटो बनाउने
पहल बजेट निर्माण सबै तिर हुँदै रहेछन
पिर्काको ठाउँमा डाइनिङ्ग टेबुल भएछन
सुकुल र मान्द्रीको सट्टा सोफा चियर आएछन
मासु खान गाउँमा खसी काट्नै नपर्ने भएछ
फलफुल खान तिहार या पाहुना आउनु पर्ने
या बिरामी हुनु पर्ने दिन पनि गएछ
मासु टन्न खान नया लुगा जुत्ता लाउन
दशै कुर्नु पर्ने दिन पनि गएछ
उहिले बोर्डिंग स्कुलमा पढाउने
थोरै थिए
अहिले अमेरिका अष्ट्रेलिया पठाउने धेरै भैसके
१८ वर्ष भित्रै म जन्मेको ठाउँ
अर्कै भइ सकेछ
१८ वर्ष वित्दा पनि म रहेको ठाउँ
उस्तै किन भैरहेछ
जति हुनु पर्ने यता उहिले
भैसकेको रहेछ
जति हुनु पर्ने नेपालमा
भर्खर भर्खर सुरू भएको रहेछ
केहि भएको छैन भन्नेहरू
आफ्नो गाउँ ठाउँ जन जीवन हेरौ
जबाफ आफै मिल्छ
अझै धेरै गर्न बाँकि छन्
धेरै तिर देशभर, नढाट जनता
निराश नबनाऔ जनता
आफ्नो ठाउ देश कसरी बनाउने ?
त्यता तिर लाग
केहि भएको छैन भनेर
भाडनीति नगर
आफु मात्र बन्ने देश बिगार्ने
फोहरी राजनीति नगर
हिजो कस्तो थियौ
आज कस्तो छौ
जबाफ आफै मिल्छ
कृपया देश र जनतालाइ
नढाटी देउ
देश आफै बन्दैन बनाउनु पर्छ
यो सत्य त बुझि देउ
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies