२०८२ साउन १ गते बिहिवार / Jul 17 , 2025 , Thursday
२०८२ साउन १ गते बिहिवार
Ads

बोलाउँदा आउनू, कन्सल्ट्यान्सी संचालन नगर्नू : महानिर्देशक भट्टराई

shivam cement
२०८२ वैशाख २७ गते ०६:३०
बोलाउँदा आउनू, कन्सल्ट्यान्सी संचालन नगर्नू : महानिर्देशक भट्टराई

काठमाडौं : नवनियुक्त महानिर्देशक कमलप्रसाद भट्टराईले फेमिस प्रणाली पुरानो भएको र मर्मत सुधार गर्दापनि अपेक्षा अनुसारको काम गर्न नसक्ने प्रष्ट भएको बताएका छन् ।

वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्च नेपाल तथा नेपाल वैदेशिक रोजगार ब्यवसायी एकता समितिका प्रतिनिधिहरूलाई सम्बोधन गर्दै नवनियुक्त महानिर्देशक भट्टराईले फेमिस प्रणाली पुरानो भएको र मर्मत सुधार गर्दापनि अपेक्षा अनुसारको काम गर्न नसक्ने प्रष्ट भएको भन्दै नयाँ प्रणाली जडान गर्न गैरसरकारी क्षेत्रबाट स्रोत खोजी भएको जानकारी दिए ।

उनले व्यवसायीले माग गरेबमोजिम वैदेशिक रोजगारका उजुरीमा कानुनले मेलमिलापको  व्यवस्था गरेकाले हतार–हतार गरेर पक्राउ पुर्जी जारी नगरिने, तर विभागले पत्राचार गरेको अवस्थामा विभागमा उपस्थित भएर उजुरकर्तासँग छलफल गर्नुपर्ने सुझाव दिए ।

महानिर्देशक भट्टराईले कन्सल्ट्यान्सीले वैदेशिक रोजगारमा कामदार पठाउने र वैदेशिक रोजगार व्यवसायीले प्रत्यक्ष वा अप्रत्यक्षरूपमा कन्सल्ट्यान्सी खोलेर व्यक्तिगत श्रम स्वीकृतिमा कामदार पठाउन नहुनेमा व्यवसायी सचेत हुनुपर्ने बताए ।

उनले भने, ‘व्यवसायीले कन्सल्ट्यान्सी संचालन गरेको जानकारी विभागलाई छ, शिक्षा मन्त्रालयसँग छलफल गर्दा व्यवसायीले कन्सल्ट्यान्सी संचालन गरेको जवाफ फर्काएको अवस्थामा हामी समस्यामा पर्नेछौं ।’

महानिर्देशक भट्टराईले केही व्यक्ति तथा समूहले आफ्नो स्वार्थपूर्ति गर्नका लागि मिडियाकर्मी, सामाजिक अभियन्ता वा अन्य तेस्रो पक्षका नामबाट विभागमा उजुरी दर्ता गराइरहेको व्यवसायीको गुनासो समाधान गर्न आफूले मातहत कर्मचारीलाई निर्देशन दिने जानकारी दिए ।

ADV

सम्बन्धित खबर

Advertise