शिवराज गौतम/मध्यान्ह
दोहा, कतार : आइओएस प्रमाणित कम्पनी नासर अल अली इन्टरप्राइजेज कतारले सोही कम्पनीमा कार्यरत् नेपाल, भारत, पाकिस्तान, बंगलादेशका १ शय ३ जना कामदारहरुलाई प्रतिव्यक्ति ५ ग्राम सुनका सिक्का, नगद १ हजार रियाल र प्रशंसापत्र प्रदान गरी पुरस्कृत गरेको छ ।
हेल्पर, कार्पेन्टर, मेसन, ट्रेड लगायत विभिन्न क्षेत्रमा काम गरिरहेका ती कामदारहरुलाई गत जनवरी महिनामा इमान्दार र उत्कृष्ट काम गरेवापत् सो इनाम कम्पनी मालिक नासर अल अलीले प्रदान गरेकाहुन् ।
नासर अल अली इन्टरप्राइजेजका मालिक अलीले नेपालमा समेत शिक्षा, स्वास्थ्य, मस्जिद, मदरसा, अनाथ बालबालिकाहरुको सहयोग लगायतका विभिन्न सामाजिक तथा मानवीय कार्यहरुमा सहयोग प्रदान गर्दे उच्च योगदान पुर्याउँदै आइरहेका छन् ।
कम्पनीका मालिक अलीले आफनो कम्पनीमा काम गरीरहेका कामदारहरुलाई उनीहरुको इमान्दारिता, लगनशिलता र योगदानको मुल्यांकन गर्दै पुरस्कार दिन पाउदा आफुलाई खुशी लागेको बताउदै उनीहरुको योगदान आफनो कम्पनीमा प्रशंसनीय रहेको बताए ।
कम्पनीले आर्जन गरेको रकमबाट यसरी कामदारहरुलाई समयसमयमा पुरस्कृत गर्न पाउदा कम्पनी र कामदारको वीतमा गाढा सम्बन्ध हुने र कामदारहरुपनि प्रोत्साहित हुने बताए । उनले भने, ‘ आफना कामदारहरुले वफादारी र कडा परिश्रमले कम्पनीको सफलतामा समेत ठुलो योगदान पुर्याएको छ ।’
उनीहरुको कामको सराहना गर्दै अलीले उत्साहस्वरुप कामदारहरुको मनोबल उच्च पार्न र उनीहरुको आर्थिक सहयोग होस् भनेर यसरी समयसमयमा सहयोग गर्दै आएको बताए । उनले आफना कामदारहरूले आगामी दिनमा अझ बढी योगदान दिने र उनीहरुले अरु सफलताहरू प्राप्त गर्दै जाने कुरामा आफु विश्वस्त रहेको बताए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies