-लक्ष्मी स्मृती
१.तिमीलाई हेरिरहनुको मज्जा बेग्लै छ
नजरले घेरिरहनुको मज्जा बेग्लै छ
के खाएर सृष्टि गरे होला ईश्वरले पनि
अंगालोमा बेरीरहनुको मज्जा बेग्लै छ ।
२.माया भन्दै सक्दो पिर्छौ सोचेकै थिईनँ ।
नमारिकनै मुटु चिर्छौ सोचेकै थिईनँ ।
सजाएर सकी नसकी शिरमा राखेको थिएँ
यतिसम्म तल गिर्छौ सोचेकै थिईनँ ।
३.मनैभरी तस्विर भरेँ गल्ति यति हो
उनको सक्दो भर परेँ गल्ती यति हो
बुझ्दिन दुनियाँले पागल किन भन्छ
मात्र पिरती गाँस्न सरेँ गल्ती यति हो ।
४. जाडोमा ठिही तुसारो, गर्मीमा घाम ताप्नु पर्छ
राहतका सामग्री पनि यहाँ भिख झैँ थाप्नु पर्छ
नियति हाम्रै उस्तो या राजनीति बुझ्न नसकेको
चुनी नेता बनायो जस्लाई उसैलाई सराप्नु पर्छ ।
५. छिर्के हान्ने, घिचुक ताक्ने हमला उस्तै छ
हिजो जस्तै आशन अनि चकला उस्तै छ
भन्नेले जमाना परिवर्तन भयो भन्छन् तर
मानवले मानवलाई लिने बदला उस्तै छ ।
विराटनगर–५ मोरङ्ग
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies