तिलु शर्मा पौडेल/मध्यान्ह
दोहा कतार : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रवासमा रहेको भातृ संगठन प्रवासी नेपाली एकता मञ्च कतारले नेकपा एमाले र नेकपा माओवादी केन्द्र अलग अलग पार्टीको हैसियतमा कायम रहेको भनी गरेको सर्वोच्च अदालतको फैसलालाई स्वागतयोग्य भएको जनाएको छ ।
नेपालको सत्तारुढ दल नेपाल कम्यूष्टि पार्टी (नेकपा) को वैधताको विषयमा विचाराधीन मुद्दामा सम्मानित सर्वोच्च अदालतले नेकपा एमाले र नेकपा माओवादी केन्द्र एकीकरण भई गठित नेकपा गठनलाई बदर गर्दै गरेको सर्वोच्चको फैसललाई स्वागत गरेको हो ।
मञ्च कतारका सचिव प्रभात त्रिपाठी र अध्यक्ष चानक पोखरेलद्वारा हस्ताक्षरित प्रेस विज्ञप्ति मार्फत अदालतको फैसलाको स्वागत गर्दै फैसलाले नेपालको सत्तारुढ दल भित्रको विवादलाई निकास दिन सहजता हुने विश्वास समेत लिएको जनाइएको छ ।
विज्ञप्तिमा नेपालको राजनैतिक घटनाक्रमले मञ्च कतारका आन्तरिक तथा सार्वजनिक गतिविधिहरूमा कुनै असर नपर्ने, नियमित निर्धारित सबै क्रियाकलापहरू सुचारु रहने जानकारी गराउँदै विचलित नभई मञ्चमा एकताबद्ध भएर क्रियाशील रहन सम्बद्ध सबैमा अनुरोध गरिएको छ ।
Bagbazar Kathmandu
Phone : 014226366, 014228298
Mobile : 9841293261, 9841206411
Email : [email protected]
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2021 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies