काठमाडौँ : नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्ने भएको छ । बैठक दिउँसो एक बजे पार्टी कार्यालय सानेपामा सभापति पूर्णबहादुर खड्काको अध्यक्षता बस्न लागेको हो ।
यस्तै आज बिहान ९ बजे कार्यसम्पादन समितिको अनौपचारिक बैठक पनि बस्ने भएको छ । केन्द्रीय कार्यसमिति बैठकका एजेण्डा भने अझै टुंगिएका छैनन्। जेनजी आन्दोलनपछि पहिलो पटक असोज २८ गते कांग्रेसको केन्द्रीय समिति बैठक सुरु भएको थियो ।
त्यही दिन सभापति शेरबहादुर देउवा र देउवा पत्नी आरजु ३४ दिनपछि सार्वजनिक भएका थिए । त्यस दिन सभापति शेरबहादुर देउवाले पार्टीको नेतृत्व छाड्ने घोषणा गर्दै खड्कालाई कार्यवाहक तोकेका थिए ।
केन्द्रीय कार्य समिति बैठकले १५ औँ महाधिवेशनबारे निर्णय गर्नेछ । कांग्रेसमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा पक्षधर नेताहरुले विशेष महाधिवेशनको माग गर्दै हिजो मात्रै कार्यवाहक सभापति खड्कालाई हस्ताक्षर बुझाएका छन् ।