काठमाडौं : ओमनले आफ्नो देशमा अवैधानिक हैसियतमा रहेका विदेशी श्रमिकलाई घर फर्कन ३० जुनसम्मको समयावधि दिएको छ । १० नोभेम्बर २०२० मा अवैध हैसियतमा रहकोलाई स्वदेश फर्कने अवसरको घोषणा गरेको ओमनले पहिलोपटक ३१ डिसेम्बर र दोस्रो पटक ३१ मार्चसम्म पुर्याएको थियो । उक्त अवधि बढाएर पछिल्लो पटक जुन ३० सम्म समयसिमा थप गरेको हो ।
मस्कटस्थित नेपाली दूतावासले अवसरको लाभ लिई अवैध रुपमा बसेका नेपालीलाई फर्कन आग्रह गरेको छ । अवैधानिक भएर काम गरिरहेका विदेशी कामदारले निःशुल्क रुपमा कानूनी प्रक्रिया पूरा गरी घर फर्कन पाउने व्यवस्था गरिएको छ ।
घर फर्कन चाहने अवैधानिक कामदारहरुले ३० जुनसम्म यहाँको श्रम मन्त्रालयको दर्ता प्रणालीमा सहभागी हुनुपर्नेछ । फर्कदा श्रमिकले कुनैपनि जरिवाना तिर्नु नपरेपनि हवाई टिकटको व्यवस्था भने आफैले गर्नुपर्ने नेपाली दूतावासले जनाएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies