२०८२ कार्तिक ५ गते बुधवार / Oct 22 , 2025 , Wednesday
२०८२ कार्तिक ५ गते बुधवार
Ads

बुङ्ताङमा भलिबल प्रतियोगिता र विद्यार्थी सम्मान कार्यक्रम सम्पन्न

shivam cement
मध्यान्ह
२०८२ कार्तिक ५ गते ११:४१
बुङ्ताङमा भलिबल प्रतियोगिता र विद्यार्थी सम्मान कार्यक्रम सम्पन्न

नुवाकोट : नुवाकोटको म्यागङ–२ बुङ्ताङ, बर्चेतस्थित ज्यिन्लप युवा क्लबले तिहारको अवसरमा आयोजना गरेको पाँचौँ खुल्ला भलिबल प्रतियोगिता तथा एसईई उत्तीर्ण विद्यार्थी सम्मान कार्यक्रम मंगलबार एक समारोहका बीच सम्पन्न भएको छ ।

कात्तिक १ गतेदेखि सुरु भएको प्रतियोगिता कात्तिक ४ गते सम्पन्न भएको हो । प्रतियोगितामा १३ टिमले सहभागिता जनाएका थिए ।

लिग चरण प्रणालीमा सञ्चालन गरिएको खेलको फाइनलमा टिम बुङ्ताङ बिका टोल र द राइजिङ मङ्गोलियन स्टार युवा क्लब, किम्ताङबीच प्रतिस्पर्धा भएको थियो ।

रोमाञ्चक फाइनलमा टिम बुङ्ताङ बिका टोलले विजेता बन्न सफल भयो भने द राइजिङ मङ्गोलियन स्टार युवा क्लब, किम्ताङ उपविजेतामा सीमित रह्यो । सोही गाउँको सिक्स स्टार युवा क्लब, किम्ताङले तेस्रो स्थान हात पार्‍यो । विजेता टोलीलाई ३० हजार रुपैयाँ नगदसहित मेडल र प्रमाणपत्र, उपविजेता टोलीलाई १५ हजार रुपैयाँ नगद, मेडल र प्रमाणपत्र, तथा तेस्रो हुने टोलीलाई १० हजार रुपैयाँ नगद, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो ।

समापन समारोहमा म्यागङ–२ बुङ्ताङका वडा अध्यक्ष सन्तबिर तामाङ प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा म्यागङ गाउँपालिकाका माओवादी पार्टी अध्यक्ष सुक सागर, विभिन्न राजनीतिक दलका प्रतिनिधि, स्थानीय बुद्धिजीवी, खेलप्रेमी र अभिभावकहरूको उल्लेखनीय उपस्थितिमा कार्यक्रम सम्पन्न भएको आयोजकले जनाएको छ । कार्यक्रमको सञ्चालन क्लबका सचिव यादव तामाङले गरेका थिए भने क्लबका अध्यक्ष किर्ति तामाङ सभाध्यक्षका रूपमा उपस्थित थिए ।

अध्यक्ष तामाङका अनुसार, क्लबले खेलकुदमार्फत युवाबीच एकता, अनुशासन र सामाजिक सद्भाव सुदृढ गर्ने उद्देश्यले हरेक वर्ष प्रतियोगिता आयोजना गर्दै आएको छ । उनले आगामी वर्षहरूमा अझ ठुला स्तरका प्रतियोगिता गर्ने योजना रहेको पनि बताए ।

ADV

सम्बन्धित खबर

Advertise