सुशील सुवेदी/मध्यान्ह
सिन्धुपाल्चोक : राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता मेलम्चीमा शुरु भएको छ । नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा भएको सो प्रतियोगिताको उद्घाटन मेलम्ची नगरपालिकाका उपप्रमुख भगवति नेपालले गरेकी हुन् ।
उनले उद्घाटनका क्रममा सबै विद्यालयका विद्यार्थीहरुलाई खेलमा सफलताका लागि शुभकामना दिइन् । प्रतियोगितामा मेलम्ची नगरपालिकाका २१ वटा माध्यमिक विद्यालयहरुले सहभागिता जनाएका छन् ।
शुक्रबारबाट शुरु भएको कार्यक्रम आइतबार सकिने नगरपालिकाले जनाएको छ । प्रतियोगिताको पहिलो दिन हावाहुरीका कारण खेलमा बाधा पुगेकाले महिला र पुरुष सटफुट प्रतियोगिता, महिला र पुरुष १५ सय मिटर सम्पन्न मात्र सम्पन्न भएको र उक्त चार खेलहरुमा बाल सुधार माध्यमिक विद्यालयले ३ वटा गोल्ड मेडल र इन्द्रेश्वरी मा.वि.ले १ वटा गोल्ड मेडल हात पार्न सफल भएको प्रतियोगिताका सहजकर्ता राजनमान श्रेष्ठले जानकारी दिए ।
प्रतियोगिता समारोह कार्यक्रममा मेलम्ची नगर उपप्रमखुख भगवती नेपाल लगाएत शिक्षा, युवा तथा खेलकुद शाखाका अधिकृत सुदिनराज बुढाथोकि र इन्द्रावती माध्यमिक विद्यालयका प्रधानाध्यापक राधाकृष्ण श्रेष्ठले मतव्य राखेका थिए । ३ दिने प्रतियोगिता शुक्रबारबाट शुरु भएको हो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies