२०८२ असार ३० गते सोमवार / Jul 14 , 2025 , Monday
२०८२ असार ३० गते सोमवार
Ads

मञ्जुश्री फाइनान्सद्वारा विभिन्न क्षेत्रलाई सहयोग

shivam cement
मध्यान्ह
२०८२ असार २९ गते २१:३३
मञ्जुश्री फाइनान्सद्वारा विभिन्न क्षेत्रलाई सहयोग

काठमाडौं : मञ्जुश्री फाइनान्स कम्पनी लिमिटेडले विभिन्न क्षेत्रलाई सहयोग गरेको  छ । फाइनान्सले आफ्नो विभिन्न शाखाहरू मार्फत् संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सहयोग लगायतका कार्यक्रमहरू गरेको हो । 

बुटवल शाखामार्फत् प्रारम्भ गरेको कार्यक्रम, बिरगंज, पोखरा, मुर्गिया, इटहरी, धरान हुदै मन्जुश्रीले शिक्षा, स्वास्थ तथा बालगृह लगायतका विभिन्न क्षेत्रमा काम गरिरहेको संघ संस्थालाई सहयोग गरेको छ । फाइनान्सको पोखरा शाखाले अमोर बालगृहलाई एक लाख बराबरको दैनिक आवश्यकताका सामग्रीहरु उपलब्ध गराई सहयोग गरेको छ । 

मुर्गिया शाखाले भने सैनामैना नगरपालिकाको मुर्गिया स्थित परोहा बहुमुखी क्याम्पसको स्नातक तहमा अध्यनरत विद्यार्थीहरुलाई आवश्यक पुस्तक वितरण गरेको छ । त्यस्तै, धरान शाखाले पनि धरानमा अवस्थित पन्चकन्या तथा सावित्री माध्यमिक विद्यालयलाई पाठ्यक्रमका सामाग्री वितरण गरेको जनाएको छ ।

साथै फाइनान्सको बुटवल शाखाले नेपाल नियमित रक्तदाता संघद्वारा बुटवल–७ दीपनगरस्थित सिद्धेश्वरी लालकुमारी मावि परिसरमा रक्तदान कार्यक्रम, मधुमेह परीक्षण तथा निःशुल्क स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न गरेको छ । आफ्ना विभिन्न शाखाहरूमार्फत् फाइनान्सले आफ्नो सामाजिक दायित्वलाई पूरा गर्दै आएको जनाएको छ ।

ADV

सम्बन्धित खबर

Advertise