देवेन्द्र आलोक/मध्यान्ह
विराटनगर : सुनसरीको इटहरीमा बसको ठक्करबाट शनिबारसाँझ मोटरसाइकल चालकको मृत्यु भएको छ । पूर्व–पश्चिम लोकमार्गअन्तर्गत इटहरी उपमहानगरपालिका–६ स्थित हीरा होटलनजिक ना ५ ख ११११ नम्बरको यात्रुबहाक बसले को ३३ प २५४० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो ।
पूर्वतर्फ आउँदै गरेको बसले विपरीत दिशातर्फ जाँदै गरेको मोटरसाइकललाई ठक्कर दिँदा चालक इटहरी–६ का ४५ वर्षीय वीरेन्द्र चौधरीको ज्यान गएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार दुर्घटनामा परेर गम्भीर घाइते भएका चौधरीको उपचारका क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा साँझ ७ः५० बजेतिर मृत्यु भएको हो । प्रहरीले बस र चालक इटहरी–१२ का सन्तोष विकलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान शुरु गरेको छ । चालक विकको लापरबाहीका कारण दुर्घटना भएको प्रहरीको भनाइ छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies