कमला भट्टराई/मध्यान्ह
झापा : भारतबाट काँकडभिट्टाको नाका हुँदै नेपाल प्रवेश गरेका आठ जनामा कोरोना भाइरसको एन्टिजिन पोजेटिभ देखिएको छ । उनीहरू सबै भारतको दिल्लीबाट आएको र तीमध्ये तीन महिला र पाँच जना पुरुष रहेका इलाका प्रहरी कार्यालय काँकडभिट्टाका डिएसपी सुनिल दाहालले जानकारी दिएको छ ।
उनका अनुसार झापा बुद्धशान्ति र दमकका एक÷एक जना, सुर्खेतका एक, इटहरीका दुई, धरानका एक, ललितपुरका एक र सप्तरी एक जना रहेका छन् ।
भारतमा कोरोना संक्रमण फैलिएसँगै अहिले नेपाली नागरिकलाई सीमामै स्वास्थ्य जाँच गरी नेपाल प्रवेश गर्न दिइरहेका र भारतीयलाई अति आवश्यक कामबाहेक प्रवेश निषेध गरेका साथै मजदुरको हकमा पूर्ण बन्देज लगाइएको इलाका प्रहरी कार्यालय काँकडभिट्टाले जानकारी दिएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies