सुशील सुवेदी/मध्यान्ह
सिन्धुपाल्चोक : मेलम्चीमा जारी जिल्ला स्तरीय महिला भलिबल प्रतियोगिताको फाइनलमा हेलम्बु गाउँपालिका र चौतारा साँगाचोकगढी नगरपालिकाबीच प्रतिस्पर्धा हुने भएको छ ।
लिगका खेलहरुमा सम्पूुर्ण खेल जित्दै हेलम्बु ११ अंकका साथ पहिलो स्थानमा त्यस्तै चौतारा १० अंकका साथ दोस्रो स्थानमा रहँदै फाइनल पुगेका हुन् ।
त्यस्तै मेलम्ची ६ अंक सहित तेस्रो, ईन्द्रावती ३ अंक सहित चौथो र पाँचपोखरी थाङपाल अंक विहिन हुँदै पाँचौ स्थानमा रहेको छ । फाइनल खेल भोली बिहान ८ बजे हुने आयोजक हाम्रो टिम मेलम्चीका अध्यक्ष आशिष श्रेष्ठले जानकारी दिनुभयो । प्रतियोगितामा पहिलो हुनेले कप, मेडल र प्रमाणपत्र सहित नगद १ लाख, दास्रो हुनेले कप, मेडल र प्रमाणपत्र सहित नगद सहित ५० हजार र अन्य टिमले २५/२५ हजार प्राप्त गर्नेछन् ।
हिजोबाट सुरु भएको प्रतियोगिता हाम्रो टिम मेलम्चीको आयोजना, रेडियो मेलम्चीको सह—आयोजना र मेलम्ची नगरपालिकाको सहयोगमा संचालन भइरहेको छ । प्रतियोगिताको उत्कृष्ट खेलाडिलाई जिल्ला तथा अन्य क्षेत्रमा सहभागी गराइने आयोजकले बताएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies